४ महिनामा भयो १२ खर्ब ६७ अर्ब अन्तर कारोबार

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को चार महिनामा वाणिज्य बैंकहरूको ११ खर्ब ४८ अर्ब २७ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब १८ अर्ब ९५ करोड गरी कुल १२ खर्ब ६७ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १० खर्ब ४३ अर्ब २२ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ५८ अर्ब ४० करोड गरी कुल १२ खर्ब १ अर्ब ६२ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

२०७८ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४.८१ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.८८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ कात्तिकमा ४.९६ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा ८.५० प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ कात्तिकमा ८.५० प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ४.९६ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ कात्तिकमा ७.८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.६० प्रतिशत कायम भएको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.३२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.८० प्रतिशत र ९.०२ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स