नाफिजमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३ औं वार्षिकोत्सव तथा छैठौं महासभाबाट नाफिजमा मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

१३ सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । महासभामा निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । यसअनुसार नाफिजको अध्यक्षमा दि राइजिङ नेपालका मोदनाथ ढकाल निर्वाचित भए ।

यस्तै, उपाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी र हाम्रो अर्थकी मेनुका कार्की निर्वाचित भएका छन् । यसैगरी, महासचिवमा अनलाइनखबरका नविन ढुंगाना, सचिवमा नेपालखबरका दीपक भट्ट र कोषाध्यक्षमा सिंहदरबारकी दिलु कार्की निर्विरोध निर्वाचित भए ।

यस्तै, सदस्यहरूमा रातोपाटीका निकेश खत्री, अनलाइनखबरका विजय पराजुली, सेतोपाटीकी सबिना कार्की र नेपाल प्रेसका राजाराम न्यौपाने विजयी भए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स