नेप्से १४ अंकले घटेपनि यस्ता छन् आज सर्वाधिक कमाउने र कारोबार हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १४.४८ अंकले घटेर १८८२.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख ४ हजारको कित्ता सेयर १ अर्ब १९ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज रुरु जलविद्युतमा ९.९९% र इस्टर्न हाइड्रोपावरमा ९.९७ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

 

त्यसैगरि, एनसीसी बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ८९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ३१ लाख, सिवाइसी लघुवित्तको ६ करोड ३९ लाख, नेपाल टेलिकमको ५ करोड ३३ लाख र नबिल बैंकको ४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स