रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेको मङ्सिर २८ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो ।

योसँगै भोलि (मङ्सिर २९ गते)देखि कम्पनीको सेयर कारोबार गर्न सकिने छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स बीच मर्जर सम्झौता भएपछि कम्पनीको कारोबार रोक्का रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स