काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राधी विद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।
बुधबार कम्पनीको १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७ सय ६०. ९९ कित्ता सेयर सूचीकृत भएको हो ।
उक्त सेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सकिने छ ।