काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।
बुधबार, नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ अंक विन्दुमा आइपुगेको छ ।
आज २० लाख ८७ हजारको कित्ता सेयर ७२ करोड ७८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०८ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
आज सिवाइसी लघुवित्त र इस्टर्न हाइड्रोपावरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, कृषि विकास बैंकको ४ करोड ८८ लाख, नबिल बैंकको ४ करोड २७ लाख, रिडी पावरको २ करोड ५२ लाख र रसुवागढी हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।