काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख १ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।