नेप्सेमा दुई हाइड्रोपावरसहित ३ कम्पनीको सेयर सूचीकृत, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकैदिन ३ कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रीजनशील लघुवित्तको सेयर सूचीकृत भएको हो ।

जसअनुसार इस्टर्न हाइड्रोको ६२ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७१.३३ रुपैयाँ देखि २१६.९९ रुपैयाँ सम्मको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ।

त्यसैगरि, श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले पहिलो कारोबारको लागि ३०२ देखि ९०६ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले ‘एसएचएलबी’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अब बुधबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा यी कम्पनीको सेयर कारोबार हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स