नेप्सेमा करेक्सन, सिवाइसी लघुवित्तमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक २.५७ अंकले घटेर १८९९.७० अंक विन्दुमा आइपुगेको छ ।

आज २० लाख ५८ हजारको कित्ता सेयर ७७ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज सिवाइसी लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड १७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल टेलिकमको ६ करोड ३ लाख, समीट लघुवित्तको ४ करोड ६९ लाख, नेपाल बैंकको ३ करोड ५१ लाख र उपर तामाकोसी २ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स