प्रभु बैंकको ४० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक समूहतर्फको ४० लाख कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकले उक्त सेयर (बुधबार) मंसिर २८ गतेबाट बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा इच्छुक विद्यमान सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १३ गते तोकिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स