अपर तामाकोशी हाइड्रोपावरले साढे १० करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धक र सह-बिक्री प्रबन्धक चयन

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले साढे १० करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह-बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएका छन्।

कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता सेयरबराबर १ कित्ता सेयर) का दरले साबिकका सेयरधनीलाई जारी गर्न लागेको १०० रुपैयाँ अंकित दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको हो।

नागरिक लगानी कोष र अपर तामाकोशीबीच हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नका लागि सोमबार (मंसिर २६ गते) दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नागरिक लगानी कोषले आफू मुख्य निष्काशन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स