बाराही हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म २६.९२ गुणा बढी आवेदन

काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओमा २६.९२ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन सम्ममा साँझ ४ः२० बजेसम्म १२ लाख १६ हजार १५३ आवेदकबाट कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन परेको सीडीएससीले जनाएको छ ।

जुन कम्पनीले निष्कासन गरेको सेयरको मागभन्दा २६.९२ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीले मङ्सिर २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले स्थानीयलाई आईपीओ निष्काशन गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता, र सर्वसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो ।

जसमध्ये २७ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको छ भने ११ हजार ८० कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीको सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स