नेप्सेमा हरियाली छाउँदा दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अन्यले कति कमाए ?

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक १६.९७ अंकले बढेर १९०२.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४४ लाख ७० हजारको कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, समिट लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

एनटिसीको ७.४६%, आर्दश लघुवित्तको ६.०८%,धैलागिरि लघुवित्तको ६.०८%,ग्रिन डेभललपमेन्टको ५.५८%, ग्रिन भेञ्चरको ५.२८%, गणपति लघुवित्तको ५.२५%, प्रिमियर इन्स्योरेन्सको ५.११% र शिवम् सिमेन्ट्सको ४.६५ प्रतिशतले सेयर उकालो लागेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स