एभरेष्ट बैंकको २८ औ वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट बैंकको २८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित कुल २०.६८ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।

सोही सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स