हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेल्सबेरी डीपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ हाउस द्वारा प्रवद्र्घित नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच भएको सम्झौता अनुसार ग्राहकहरुले सेल्सबेरी डीपार्टमेन्ट स्टोरमा एचआइ-एमबी मोबाइल बैंकिङ, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै नेपालपे क्यूआर सुबिधा भएको मोबाइल बैंकिङ बाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम १०० रूपैयाँसम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सकिने छ ।

क्यासब्याकको अफर नेपाल भरिका सेल्सबेरी डीपार्टमेन्ट स्टोरका शाखाहरुमा मंसिर २५, २०७९ देखि पौष ३०, २०७९ गते सम्म उपलब्ध हुनेछ । देशको सबै भन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स