नेप्सेमा भारी गिरावट, ३ कम्पनीमा लाग्यो सर्किट, शिवम् सिमेन्ट्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

आइतबार, नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख १२ हजारको कित्ता सेयर १ अर्ब १० करोड ३४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज सिवाइसी नेपाल लघुवित्तको सेयरमा १० प्रतिशत, समिट लघुवित्तमा ९.९९% र मैलुङ खोला जलविद्युतमा ९.५० प्रतिशतको सर्किट लागेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड २४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको ५ करोड ९० लाख, हिमालयन डेष्टिलरीको ४ करोड ५५ लाख, एनआइसी एसिया बैंकको ३ करोड ७३ लाख र रिडि पावरको २ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स