अपर स्यांगे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, दियो बोर्डमा आवेदन

काठमाडौं । अपर स्यांगे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि आवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ८ लाख ७० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।

कम्पनीले प्रति इकाई १०० को दरले कुल ८७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीकोे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस आयोजना लमजुङको मस्र्याङ्दी गाउँपालिका वडानम्बर ४ स्थित तघ्रिन गाउँ क्षेत्रमा रहेको र यो रन अफ रिभरमा आधारित आयोजना हो ।

अपर स्यांगे खोला हाइड्रोपावर लमजुङ जिल्लाको स्यांगे खोलामा आधारित रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स