मोडर्न इण्डियन स्कूल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

काठमाडौं । चोभारमा रहेको मोडर्न इण्डियन स्कूल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सशस्त्र सुवासचन्द्र रतेलाको मृत्यु भएको हो ।

रतेलाले चलाएको वाग्मती एएए २९०८ नम्बरको मोटरसाइकललाई ना.१क १६१२ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो ।

उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स