राजमार्ग विस्तारले पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने चिन्ता स्थानीय

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ । सडक विस्तारका कारण डुम्रे बजारका पुराना बासिन्दा विस्थापित हुने र पुरानो बजार मासिने अवस्था रहेको हो ।

राजमार्ग विस्तारका लागि मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्ग छेउका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । योजनामा सम्झौता भएअनुरुप पश्चिम खण्डभन्दा बढी घरटहरा पूर्वी खण्डमा हटाउनुपर्ने देखिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको छेउमा रहेका घरटहरा हटाउन सूचना जारी गरेपछि बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारकी ७५ वर्षीया एकल महिला सरस्वती श्रेष्ठ विस्थापित हुनुपर्ने अवस्थामा पुगेकी छिन् ।

‘आफ्नो घरमूलीले बनाएको घर छोडेर जान मन छैन । परान यहीँ जाओस् भन्ने थियो । सर्नुपर्ने भएको छ तर, जाने ठाउँ छैन । रोगी छु कसरी घर बनाउने ? गाँसबास उठीबास भएको छ,’ उनले भनिन् ‘हामीजस्ता घर बनाउन नसक्ने लाई सरकारले नै व्यवस्था गरे हुने हो । त्यस्तो गर्दैन ।’

आयोजनाले राजमार्ग विस्तारका क्रममा हटाउनुपर्ने भए पनि उहाँको अन्यत्र घर निर्माण गर्नसक्ने अवस्था छैन । बाटो बढाउने भनेर हामीजस्ता काम गर्न नसक्ने लाई त उठिबास लगायो । पैसा दिएर मात्र के गर्नु आफूले घर बनाउन सक्दिन । खै अर्को ठाउँमा घर बनाउन जन पनि छैन धन पनि छैन । हामी जस्ताको घर कसले बनाइ दिने हो सरस्वती भनिन् ।

सडक विस्तारका क्रममा डुम्रे बजारको अस्तित्व मेटिने सोही स्थानका ६३ वर्षीय जीवनकुमार श्रेष्ठ बताउनुहुन्छ । राजमार्ग विस्तारले घरबारविहीन बनाएको उहाँले दुखेसो व्यक्त गरे । योजनाले दिएको रकमले घर बनाउन पनि र जग्गा पनि नभएका व्यक्तिलाई राज्यले नै व्यवस्थापन गर्नसके सहज हुने उनको भनाइ छ ।

एकल ज्येष्ठ नागरिकका समस्या समाधान गर्न सरकारले घर भत्काएपछि घर नै उपलब्ध गराउनुपर्ने ४८ वर्षीया एकल महिला बट्टै श्रेष्ठले बताइन् । ‘घर भत्काएर हामी कहाँ जाने ? घर बनाउन पुग्ने रकम आउँदैन । हामीजस्ता विपन्न र एकललाई समस्या निम्त्याएको छ,’ उनले भनिन् ।

तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी व्यवसायी समिति पूर्वसभापति सरिता श्रेष्ठ पियाले तनहुँ, लमजुङ, मनाङ र गोर्खाको ऐतिहासिक व्यापारिक केन्द्रको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो । पहाडकी रानी बन्दीपुरको ऐतिहासिक व्यापारिक महत्वपूर्ण क्षेत्रको संरक्षणमा सरकारको दायित्व भएको उहाँले बताए ।

साँगुरिएको क्षेत्रमा बसेको बजारलाई मासिने गरी राजमार्ग विस्तार गर्नुहुँदैन । ऐतिहासिक बजारको संरक्षणका लागि राजमार्ग विस्तारका क्रममा बजार क्षेत्रमा केही कम दूरी बनाएर संरक्षण गर्नुपर्छ,’ श्रेष्ठले भनिन् ‘कुनामा पहाड र छेउमा खोला रहेकाले डुम्रेको बस्ती हटेपछि सडकको महत्व रहदैन । बजारको संरक्षण गरेरै राजमार्ग निर्माण गर्नुपर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स