अर्जेन्टिना सेमिफाइनसलमा प्रवेश, अर्जेन्टिनाले क्रोएशियासँग सामना गर्नुपर्ने

काठमाडौं । शनिबार बिहान १२ः४५ मा भएको क्वाटरफाइनलको दोस्रो खेलमा नेदरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना चौथो पटक सेमिफाइनलमा पुगेको छ । अर्जेन्टिनाले नेदरल्याण्डलाई पेनाल्टी शुटआउट गरेर पराजित गरेको हो । जितसँगै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । यस अघि अर्जेन्टिना सन् १९८६, १९९० र २०१४ मा क्वाटरफाइनलबाट अघि बढेको थियो।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो। जसमा अर्जेन्टिनाका लागि मोलिना र मेस्सीले एक एक गोल गरेका थिएन भने नेदरल्याण्डका लागि वेगहोस्र्टले दुई गोल गरेका थिए । त्यसपछिको ३० मिनेट एक्सट्रा टाइममा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

पेनाल्टीमा नेदरल्याण्डले ३ गोल गर्दा अर्जेन्टिनाले ४ गोल गर्दै नतिजा आफ्नो पक्षमा परेको हो । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएशियासँग सामना गर्नुपर्नेछ । क्रोएशिया ब्राजिललाई हराएर सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स