महालक्ष्मी लाईफ इन्स्योरेन्सको सिईओमा पुनः रमेश कुमार भट्टराई नियुक्त

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको सिईओ पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको मंसिर २३ गते बसेको ६६औं सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराईलाई मंसिर १७ गते देखि लागु हुने गरी ४ वर्ष अवधिका लागि पूनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

रमेश कुमार भट्टराई वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ।

उनीसँग बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स लि।, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि। र महालक्ष्मी विकास बैंक लि।मा २२ वर्ष भन्दा बढी अवधि कार्य गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स