आज विश्वकप क्वाटरफाइनलका दुई खेलहरु हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज (मंसिर २३ गते) क्वाटरफाइनलका दुई खेलहरु हुने भएका छन् । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेल सकिएसँगै दुई दिनको विश्रामपछि आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुन लागेको हो ।

पहिलो क्वाटरफाइनल खेल ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुवै देशबीचको खेल नेपाली समयअनुसार शुक्रबार राति ८ः४५ बजेबाट एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

त्यस्तै, आजै हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२ः४५ बजे लुसेल आइकोनिक स्टेडियममा हुनेछ ।

आज हुने दुई क्वाटरफाइनलका विजेताले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स