नेप्से १६ अंकले घटेपनि कारोबार रकम भने बढ्यो, यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री भएका कम्पनी

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख ९२ हजारको कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, सानिमा बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६७ करोड २ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको १३ करोड ८५ लाख, नबिल बैंकको ४ करोड ५२ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ७९ लाख र रिडि पावरको ३ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स