भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो । कम्पनीले मंसिर २० गते सेबोनसमक्ष अनुमति मागेको हो ।

कम्पनीले अंकित मूल्य १०० मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ११६ रुपैयाँमा सेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १ सय ६२ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

बोर्डबाट अनुमति पाएमा कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारणहरुलाई आईपीओ जारी गर्नेछ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स