सिद्धार्थ बैंकको लाभांश घोषण, नगद र बोनस कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स