महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौष १ गतेदेखि लागू हुनेगरी यी वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णाय गरेको हो ।

सरकारले राजस्व संकलन प्रभावित भएको अवस्थालाई ध्यानमा राखेर प्रतिबन्ध खोल्ने निर्णय गरेको हो। हाल अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भइरहेकोले आयात प्रतिबन्धलाई लम्ब्याउन जरुरी नरहेको बताइएको छ।

योसँगै, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यान, मदिराको आयातमा बाटो खुलेको छ ।

विदेशी मुद्राको सञ्चिती बढ्ने अपेक्षा अनुसार बैशाखदेखि आयात प्रतिबन्ध लगाइएको भएपनि विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत सुधार नदेखिएको भन्दै उद्योग मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

यसअघि सरकारले ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यान, मदिराको आयात प्रतिबन्ध गरेको थियो । पछिल्लो पटक थपिएको आयात प्रतिबन्धको अवधि असोज २८ गते सकिएपछि पुनः मंसिर मसान्तसम्म प्रतिबन्ध लम्बिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स