नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४२.१२ रुपैयाँ कायम गरेको हो।

आज सेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको सेयरमूल्य २५१.८० रुपैयाँ कायम छ। अब भोलि समायोजित मूल्यअनुसार नै कारोबार खुल्नेछ।

बैंकले ४ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स