साना किसान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८ प्रतिशत नगद गरी कूल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ४० करोड ६७ लाख ४७ हजार ५६९ रुपैयाँको बोनस सेयर र २ करोड १४ लाख ७ हजार ७६६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स