एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाखको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २ सय ४१ रुपैयाँ ६४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बोनस सेयर भने प्रस्ताव गरेको छैन ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स