पुरानो नेताले नै राज्य फेरि चलाउने छनक देखिएपछि घट्यो सेयर बजार

काठमाडौं । पुराना नेताले नै राज्य पुनः चलाउने भन्ने बजारमा हल्ला आएपछि सेयर बजारले फेरि उल्टो दिशा समातेको लगानीकर्ताहरूले बताएका छन् । सेयर लागनीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पुरानै नेताले राज्य चलाउने हल्ला बजारमा चलेपछि सेयर बजार फेरि आज घटको बताए ।

‘एक सातासम्म लगातार बढेको बजार अहिलेको बदलिदो परिवेशसँगै आम लगानीकर्ताले युवा नेताले राज्य सञ्चालन गरोस् भन्ने चाहेका छन्,’ उनले भने ‘प्रचण्ड, देउवा तथा ओलीले नै देश चलाउने हल्ला आएसँगै बजारले उल्टो दिशा समातेको हो ।

बजारले जुनसुकै पार्टीको भएपनि युवा नेता खोजेको छ, हावा चलेपछि पात हल्लिन्छ भने जस्तै फेरि पुरानै नेताबाट प्रधान मन्त्री बन्ने भनेपछि बजार घटेको हो । सेयर बजारका लगानी कर्तालाई प्रधानमन्त्री को बन्ला भन्ने जिज्ञाशा थियो ।

नत्र अहिले बजार घट्नु पर्ने कुनै कारण नै छैन,’ उनले भने ‘अहिले बजार भनेको पाकेको बाली भित्र्याउने समय जस्तै हो । धमाधम लाभांश घोषणा भइरहेको छ । यस्तो अवस्थामा बजार बढ्नु सट्टा घट्नु भनेको लगानीकर्ताको मनोबलमा परेको असरमात्रै हो ।

पुरानै अनुहार आए भने बजार फेरि घट्छ भन्ने चिन्तामा आम लगानीकर्ता परेका छन् । तर, बजार अब त्यसो हुँदैन, बजार बढ्छ नै । लगानीकर्ताले नआत्तिकन लगानी गरे यसबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अहिले डराउनु पर्ने अवस्था छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स