काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५१ हजार २९३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।
साधारण सेयर प्रचलित कानुनबमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।
नेपाल एसबिआई मर्चेन्टको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा आज आयोजित एक समारोहबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले हस्ताक्षर गरेका छन्।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नेपाल एसबिआई बैकको पूर्णस्वामित्व भएको सहायक कम्पनी हो।