नेप्से २४ अंकले घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २४.४६अंकले घटेर १९३८.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४१ लाख २७ हजारको कित्ता सेयर १ अर्ब ६७ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको घटेको छ ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, रिडि पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ८३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको २० करोड २३ लाख, नबिल बैंकको ८ करोड ४७ लाख, हिमालयन डेष्टिलरीको ७ करोड ३८ लाख र नेष्डो समृद्विको ३ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स