काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षबाट तुलसी गौतमलाई हटाएको छ । हिमालयन बैंकको सञ्चालक समिति बैठकले गौतमलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।
हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अध्यक्ष गौतमलाई हटाउने निर्णय गरेको हिमालयन बैंक सम्बन्ध उच्च स्रोतले जानकारी दियो ।
कोषबाट कर्मचारी सञ्चय कोष प्रशासकको हैसियतले हिमालयन बैंकको संचालक समितिको अध्यक्ष बनेका गौतम कोषको सो पदबाट हटेपछि बैंकको अध्यक्षबाट पनि हटेका हुन् । हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ ।
कर्मचारी संचय कोषको प्रमुख प्रशासक हुनका लागि संचयकर्ता हुनुपर्ने व्यवस्था भएपनि गौतम संचयकर्ता नभएपनि पदमा बसिरहेका थिए । सरकारले नियम विपरित पदमा बसेको भन्दै उनलाई केही दिन अघिको मन्त्री परिषदको बैठकले सो पदबाट हटाएको थियो ।
कर्मचारी संचय कोषको सञ्चालक समितिले हिमालयन बैंकमा पत्र लेखेर सञ्चय कोषमा हिमालयन बैंकको सञ्चालक समितिको प्रतिनिधित्व अबदेखि जिनेन्द्र धितालले गर्ने उल्लेख छ । धिताल संचय कोषमा दोस्रो बरियताको कर्मचारी हुन् ।
अब गौतमको ठाउँमा धिताल हिमालयन बैंकको सञ्चालक हुने छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसाग मर्जरमा जाने सहमति गरिसकेको हिमालय बैंकको सञ्चालक समितिको अध्यक्ष पनि धिताल नै हुने छन् ।