मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तामा वितरण हुनेछ।

हाल बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स