बैंकले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा सम्पत्ति सुद्धीकरण र अपराधिक क्रियाकलापमा लगानी बढ्ने जोखिम हुने ठहरका साथ राष्ट्र बैंकले गर्यो थप कडाइ

काठमाडौं । बैंकले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा धेरै सम्पत्ति सुद्धीकरण र अपराधिक क्रियाकलापमा लगानी हुने ठहरका साथ राष्ट्र बैंकले थप कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरणका विषयमा बैंक सञ्चालक र सीईओसहितको उच्च व्यवस्थापन समूहको मुख्य भुमिका तथा दायित्व भएको बताएको छ ।

राष्ट्र बैंकले जोखिम मूल्याङकन सम्बन्धी मागदर्शन २०२२ लागु गर्दै सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणका लागि सञ्चालक र उच्च व्यवस्थापनलाई थप जिम्मेबार बनाएको हो । आइतबारबाट लागू भएको एएमएल सिएफटी रिस्क एसेसमेन्ट गाइडलाइन्स फर बैंक एण्ड फाइनान्सीअल इन्स्टिट्युसन २०२२ मा बैंक वित्तीय संस्थाले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा सम्पत्ति सुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानीको जोखिमका सम्भावनाबारे सुक्ष्म ध्यान दिनुपर्ने उल्लेख छ ।

बैंक वित्तीय संस्थाले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा पनि धेरै सम्पत्ति सुद्धीकरण र अपराधिक क्रियाकलापमा लगानी बढाउने जोखिम हुन्छ । बैंकहरुले सञ्चालन गर्ने प्रडक्टहरुमा ठूलो आकारको नगद कारोबार, तेस्रो पक्षको सहभागिता हुने हुनाले यसमा नदेखिने खालको जोखिम हुन सक्ने राष्ट्र बैंकको ठहर छ । यस्ता जोखिम मूल्याङकन प्रक्रियामा बैंक वित्तीय संस्थाले कारोबारको आकार, औसत कारोबार, वैदेशिक कारोबारको हिस्सा, नगद कारोबारको लेभल, प्रडक्टको जटिलता र पारदर्शिता लगायतका विषयमा ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।

सम्पत्ति शुद्धीकरण÷आतंकारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहन गर्न वा जोखिम कम गर्ने भनेको बैंक वित्तीय संस्थाका सञ्चालक वा उच्च व्यवस्थापन मार्फत सम्भव हुने मार्गदर्शनमा उल्लेख छ । सञ्चालक तथा उच्च व्यवस्थापनले त्यसका लागि प्रतिवद्ध भइ आफ्नो कार्य सम्पादन गर्नुपर्ने व्यवस्था गरेको छ ।

सञ्चालक बोर्डले कर्मचारीहरूले आन्तरिक कार्यविधि, नीति, अभ्यास र प्रक्रियालाई पालना गरे नगरेको ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।सञ्चालक र उच्च व्यवस्थापनले यस्ता काम गरेको खण्डमा सम्पत्ति शुद्धीकरण जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने मार्गदर्शनमा छ ।

सञ्चालकले सम्पत्ति शुद्धीकरणको जोखिम काम गर्नका लागि ग्राहक स्वीकृत गर्दा संस्थाको जोखिम क्षमतालाई ध्यानमा राख्नुपर्ने, आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्नुपर्ने र उच्च व्यवस्थापनसँगको सक्रिय छलफल हुनुपर्ने व्यवस्था गरेको छ ।

बोर्ड उच्च व्यवस्थापनले चालेका कदमहरू उपयुक्त छन् भन्नेमा निश्चित हुनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा गरिएको छ । सम्पत्ति सुद्धीकरण र अपराधिक गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिमको पहिचान, मापन, मोनिटर र न्यूनीकरण गर्न जनचेतना बढाउनमा उच्च व्यवस्थपन जिम्मेबारी हुने व्यवस्था गरिएको छ ।

बैंक वित्तीय संस्थाले प्रदान गरेको सेवामा तेस्रो पक्षको सहभागितालाई पनि ध्यानपूर्वक हेर्न मार्गदर्शनले सुझाएको छ । बैंक वित्तीय संस्थाले ब्याज आउने र नआउने दुबै खालका निक्षेप खाताको तथा कर्जा गतिविधिमा हुने जोखिम न्यूनीकरणलाई ध्यान दिनु पर्छ । कर्जाको भुक्तानी नगदमा, कर्जाको तत्काल चुक्ता नगर्ने वा मार्केटय बल सेक्यूरीटी धितोमा राखेको छ भने त्यस्तो अवस्थामा बैंक वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणको उपाय अवलम्बन गर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी मार्गदर्शनले जोखिम हुने क्षेत्रमा विद्युतीय बैंकिङ, टे«ड फाइनान्सीङ, तेस्रो पक्ष भुक्तानी प्रक्रिया, क्रसपोण्डेन्ट बैंकिङ सर्भिसेज, सेफ डिपोजिट भल्ट, डिपोजिटरी सर्भिसेज, मार्केट मेकर फर गभरमेन्ट सेक्यूरीटीज लगायत उल्लेख गरेको छ । यस्तो सेवा प्रदान गर्दै बैंक वित्तीय संस्थाले जोखिम न्यूनीकरणको संयन्त्रलाई चनाखो बनाइराख्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स