लघुवित्तबाट कर्जा लिएको ७ दिनमै नयाँ कर्जा लिएमा ०.३ प्रतिशतमात्र सेवा शुल्क लिन पाउने राष्ट्र बैंक गर्यो व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूबाट कर्जा लिएको ७ दिनमै नयाँ कर्जा लिएमा ०.३ प्रतिशतमात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । लघुवित्त संस्थाहरुले एक पटक कर्जा लिइसकेको ऋणीसँग थप कर्जाको ०.३ प्रतिशतमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकको पछिल्लो परिपत्रअनुसार लघुवित्तहरूले प्रवाह गर्ने कर्जाका बढीमा १५ प्रतिशत ब्याजदर, १.५० प्रतिशतसम्म सेवा शुल्क र थप कर्जाको हकमा सेवा शुल्कको २० प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था छ ।

लघुवित्त संस्थाहरूले भने पुरानो कर्जा तिर्नलाई थप कर्जा दिँदै सो वापत १.५ प्रतिशत नै सेवा शुल्क असुल गरी आम्दानी बढाउन थालेका थिए । सोही प्रवृत्तिलाई रोक्न राष्ट्र बैंकले पुरानो कर्जा लिएर ७ दिनभित्रै भुक्तानी गरेमा अर्थात रिपेमेन्ट भएको ७ दिन भित्रै नयाँ कर्जा लिनेलाई पुनारो कर्जा बाहेकको परिमाणलाई थप कर्जा मानी सोहीको ०.३ प्रतिशतमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गत साता सबै लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) हरूलाई बोलाएर दिएको निर्देशनमा अनुसार विगतमा प्रवाहित कर्जाको भुक्तानी अवधि समाप्त भई (२०७८/०७९ भन्दा पहिले) पुनः कर्जा प्रवाह भएको अवस्थामा निर्देशन बमोजिम स्वीकृत कर्जा रकमको अधिकतम रकमको १.५ प्रतिशत सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

विगतमा प्रवाहित कर्जाको भुक्तानी म्याद अगावै चुक्ता गरी सो रकम ७ दिन सम्मको अवधिमा सावा रकम भन्दा बढी कर्जा रहेको अवस्थामा बढी हुने रकममा यस बैंकको निर्देशन बमोजिम ०.३ प्रतिशत मात्र लिन पाउनेछन् ।

आर्थिक वष २०७८÷०७९ मा लगानी गरेको पहिलो कर्जा भुक्तानी म्याद समाप्त नहुँदै भुक्तानी भएको ७ दिन नहुँदै अर्काे लगानी गरिएमा नयाँ कर्जालाई थप कर्जा मानेर त्यसको ०.३ प्रतिशतमात्रै सेवा शुल्क लघुवित्त संस्थाहरूले लिन पाउँछन् । रिपेमेन्ट भएको ७ दिनभन्दा बढी भएमा कर्जामा लाग्ने सम्पूर्ण सेवा शुल्क तिर्नुपर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स