पाकिस्तानमा सैनिक कारबाहीमा आतकंकारी समूहका एक कमाण्डरको मृत्यु

काठमाडौं । पाकिस्तानको सेनाले जारी राखेको आतकंकारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतकंकारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका यहाँको सेनाले जानकारी दिएको छ । शनिबार राति पाकिस्तानी सेनाले गरेको विशेष कारबाहीमा उनी मारिएका यहाँको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

पाकिस्तानी सेनाको मिडिया विभाग, आइएसपिआरले सो कुराको जानकारी गराएको हो । उत्तरी वाजिरिस्तानको सेवा जिल्लामा सेना र आतकंकारी समूहका सदस्यका बीचमा दुई पक्षीय भिडन्त भएको थियो ।

दुवै तर्फबाट गोली प्रहार भएको र सैनिकको गोली लागेर ती कमाण्डर सरकाई छद्म नामले चिनिने मोहम्मद नुर मारिएका हुन् । उनले सो क्षेत्रका सर्वसाधारण तथा प्रहरीको हत्या गर्ने, मानिसलाई अपहरण गर्ने र फिरौती माग्ने जस्ता काम गरेका थिए ।

उनी यहाँका सुरक्षा निकायको सर्वाधिक खोजीको सूचीमा रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानी सेनाले यहाँका नागरिकको सर्वाधिक खोजीको सूचीमा रहेका मोहम्मद नुरको ज्यान गएको र त्यस कारबाहीका क्रममा अरु केही आतकंकारी तथा पाकिस्तानी सेनाका सदस्य घाइते भएका पुष्टि गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स