नेप्से सामान्य अंकले बढ्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ९४ हजारको कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ८० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेष्डो समृद्विको ८ करोड ७७ लाख, फष्र्ट माइक्रो फाइनान्सको ७ करोड ११ लाख, हिमालयन डेष्टिलरीको ६ करोड ७० लाख र शिवम् सिमेन्ट्सको ४ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स