गुण एयरलाइन्सले असोज १ गतेबाट काठमाडौं भरतपुर र पोखरा नियमित उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले असोज १ गतेबाट नियमित उडान सुरु गर्ने भएको छ । वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित उडान शुरु गर्ने तयारी गरेको हो । सोका लागि आज मंंगलबारबाट नै टिकट बुकिङ खुला गरेको छ ।

वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुर गर्न लागेको गुण एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण श्रेष्ठले जानकारी दिए । पहिलो दिनको उडान असोज १ गते साढे १० बजेटबाट सुरु हुने छ । त्यसपछि सोही दिन काठमाडौंबाट पोखरा उडान गर्ने गरी उडान तालिका तय भएको छ । गुणले हाल दुई वटा गन्तव्यबाट उडान सुरु गर्ने र उडान गन्तव्य पनि बढाउँदै जाने रणनीति तय गरेको छ ।

उडानको लागि वायुेवाले तीन वटा जेटस्ट्रीम र एउटा बिचक्राफ्ट जहाजलाई तयार पारेको छ । थप तीन वटा जहाज पनि छिट्टै तयार पार्ने वायुसेवाले गरेको छ । यो वायुसेवाले दशैंलाई सबैजसो सुगम क्षेत्रका गन्तव्यमा उडान गर्ने गरी तयारी पूरा भएको पनि सीईओ श्रेष्ठले जानकारी दिए ।

‘दशैंलाई पाँच वटासम्म जहाजबाट निमित उडान सुरु गर्ने र यसका बाँकी थप दुई गरी साता वटा जहाज एकैसाथ सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ,’ उनले भने ।

कोरोना महामारी जोखिमबाट बच्न सरकारले गत वर्ष ११ चैत २०७६ देखि गरेको लकडाउनका कारण थन्किएको वायुसेवा नयाँ ब्राण्डमा र बलियो उपस्थिति देखाउने गरी आएको छ ।

यो वायुसेवाले ८ वर्ष अगाडि आफ्नै ब्राण्डमा उडान सुरु गरेको हो । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सात वर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्राण्डमा जहाज उडान सुरु गर्ने भएको छ । यो वायुसेवासँग भएको दुई वटा बिचक्राफ्ट र थप पाँच वटा जेटस्ट्रीम जहाज थप गरेको हो ।

यो वायुसेवाले काठमाडौैंबाट माउन्टेन फ्लाइट, लुक्ला, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, जोमसोम, तुम्लिङटार, नेपालगन्ज, राजविराज, रामेछाप, सिमरा र सुर्खेतमा उडान गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स