एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले कर सहित ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९ सय ३५ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पुस २० गतेको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्न निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स