अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सयेरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजारको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृती र कम्पनीको २५औं वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स