सुनको मूल्य बढेर लाख नजिक, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर ९९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स