अब काठमाडौंमा नाइट क्लबहरु बिहान ४ बजेसम्म र रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौंमा सञ्चालित क्लब, डिस्को तथा रात्रिकालिन व्यवसायको समय तोकिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको हो ।

जसअनुसार, काठमाडौंमा नाइट क्लबहरु बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् ।

त्यस्तै, बैंठकले रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। दोहोरी रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको छ।

यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स