देशभर थप १,५६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १४ हजार ४४३ वटा नमुनाको परीक्षण गर्दा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

त्यस्तै आज १ हजार ५८९ जना संक्रमणमुक्त भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स