काठमाडौं । बुधबार घरेलु बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । बुधबार प्रतितोला सुन ९७ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनजस्तै चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ पुगेको छ ।