आदर्श लघु्वित्तको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आदर्श लघु्वित्त वित्तीय संस्था लिमिटेको सेयर कारोबार फुकुवा गरेको छ ।

आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तबीच असोज १५ गते मर्जरमा जाने सम्झौतागरेसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।

नेप्सेको आज मङ्सिर १४ गतेको निर्णय अनुसार आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो । योसँगै अब बिहिबारबाट कम्पनीको सेयर कारोबार संचालनमा आउने भएको छ ।

नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स