नेप्सेमा करेक्सन, ८४ करोडको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ अंक विन्दुमा आइपुगेको छ ।

आज २३ लाख ५५ हजारको कित्ता सेयर ८४ करोड २६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ७९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको ४ करोड १५ लाख, नेष्डो समृद्विको ३ करोड ८३ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ९ हजार र नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरको २ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स