देशले खोजेको प्रधानमन्त्री नयाँ अनुहार कि पुरानै फर्केलान् !

काठमाडौं । विभिन्न उतार चढाव र खिचातानीबीच नेपालले ५ वर्ष समय बितायो । यो बिचमा जनाताले तत्तकालीन कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई स्पष्ट सरकार चलाउने म्यानडेट दिएका थिए । तर, पदको लोभ र व्यक्तिगत अहङ्कारबीच उक्त सरकार ५ वर्ष टिकेन नत टिक्यो नेकपा भनेर गठन भएको पार्टी तत्तकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक संसद विघटन गर्ने प्रयास गर्दा उनी असफल भए र अन्तिममा अदालतले नै सरकार गठन गर्ने उर्दीमा शेरबहादुर देउवाको सरकार बन्यो । विशेष गरेर कोभिड खोप बाड्नु र निर्वाचन गराउनु बाहेक न त अरु बढि काम गर्याे न त देखियो ।

लगभग चुनावी नतिजा आउने अन्तिम चरणमा पुग्दा त्रिशंकु संसद बन्नु बाहेक अरु विकल्प नहुने.देखिएको छ । स्पस्ट कसैकोको पनि बहुमत कुनैपनि पार्टीको हातमा नहुँदा सरकार मिलीजुली नबनाइ बन्न नसक्ने अवस्था छ ।

यी हुन सक्छन् संम्भावित प्रधानमन्त्रीको अनुहारहरू

शेर बहादुर देउवा : ५ पटकसम्म प्रधानमन्त्री भएका डडेलधुराबाट चुनाव लड्दै आएका शेर बहादुर देउवा उमेरले ७८ वर्ष भए । सत्ता र शक्तिको रजगजमा मज्जाले भिजेका शेर बहादुर देउवलाई ७ चोटि प्रधानमन्त्री बन्छस् भन्ने जोतिषीलाई सहि सावित गर्ने सायद अन्तिम इच्छा छ ।

सक्ता र शक्तिको जोर घटाउ मज्जाले बुझ्ने देउवाले प्रधामन्त्री पद सजिलै त्यागेर अरूलाई छोड्ने भावना र कल्पना मात्रै कुरा हुन जान्छन् । अहिलेका संसदमा प्रधानमन्त्रीको प्रवल उम्मेदवार उनै देउवा हुन् । तर, धरै चोटि टेष्ट भइसकेका प्रधानमन्त्री देउवा प्रधानमन्त्री बन्दा सामाजिक संजाल लगायत चौतर्फी आक्रोश र निराशालाई सामाना गर्नु पर्नेछ ।

गगन थापा: अरु पार्टी भित्र संसदीय दलको नेताको चुनाव हुँदैन, कांग्रेसमा मात्रै संसदीय दलको चुनाव हुन्छ त्यो पनि मैले जिते भने मात्रै भन्दै भोट मागिराखेका गगन थापाले आफ्नाा घुमाउरो भाषा तपाईको मत प्रधानमन्त्रीलाई भनेका थिए । उनलाई विश्वास गरेर जनताले पनि भारी मतले विजय गराए । उनले सार्वजनिक फोरममै पहिलो प्राथमिकता आफूभन्दा अग्रज नेताहरूको आर्शिवाद लिएर जाने, त्यसरी काम भएन को–को मेरो पक्षमा हुनुहुन्छ भनेर कित्ताकाट गरेरै जाने भनेर खुलासा गरेका छन् ।

संसदीय दलको नेता बन्नलाई अंक गणितले साथ नदिए पनि नयाँ म्यानडेट र पुराने शैलीले अब हुँदैन भन्ने कांगे्रसीले उनलाई मतदान गर्ने अपेक्षा गरिएको छ । हिसाव उनको पक्षमा नदेखिए पनि उनको ऊर्जा, प्रधानमन्त्री बनेर काम गर्ने इच्छा कामको प्रस्टता र विचारले गर्दा उनले एउटा शक्तिशाली दावेदरको रुपमा देखिन्छ ।

रामचन्द्र पौडेल: यी पनि कांगे्रसका निष्ठावान नेता भनेर चिनिन्छन् । यिनलाई प्रधानमन्त्रीको कत्रो इच्छा रहेछ र शेर बहादुर कति चतुर राजनीतीज्ञ हुन् भनेर बुझन्लाई प्रचण्डले पहिलो चोटी प्रधानमन्त्री बनेर विभिन्न प्रकरणका कारण राजिनामा दिँदा यिनी १७ चोटि सम्म अनवरत रुपमा प्रधानमन्त्रीको लागि संसदमा चुनाव लडेका थिए ।

उनी त्यतिबेल प्रधानमन्त्री बन्न नसके पनि अहिले प्रतिनिधि सभाको रुपमा निर्वाचित भएपछि प्रधानमन्त्रीको इच्छा फेरि पलाएको र त्यहि अनुसार भेटघाट र आफ्नो संयन्त्रहरू सक्रिय बनाएका छन् । उनलाई गगन थापा संसदीय दलको चुनावमा जाने निश्चित भए पछि आफ्नो छवि उच्च राख्नको लागि शेर बहादुर ब्याक हुने र आफूले गगनसँग चुनाव लडेर जिट्न सक्ने हौसाला रहेको छ ।

केपी शर्मा ओली:अंक गणितले प्रधानमन्त्रीको प्रवल सम्भावना बोकेका झापाका उम्मेदवार केपी शर्मा ओली हुन् । नेकपा एमालेको अभ्यक्ष भएकाले पनि एमालेको सरकार बनाउने उनको अथक प्रयास हुनेछ । कसैको पनि बहुमत नआए पछि उनको योजना जतिसक्दो सांसदलाई तानेर आफ्नो पक्षमा सरकार बनाउने हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा साथ लिँदा पनि सरकार गठनको लागि अंक नपुग्ने हुँदा उनलाई पूर्व मित्रहरूसँगको सम्बन्ध महँगो अवश्य पर्नेछ ।

पुष्पकमल दाहाल (प्रचण्ड) : दुई पटकसम्म नेपालको प्रधानमन्त्री बनेका प्रचण्ड नेपाली राजनीतिमा किङग मेकरको रुपमा चिनिन्छन् । आफू प्रधानमन्त्री बन्न नसक्ने तर, कसलाई प्रधानमन्त्री बनाउने भनेर उनकै हातमा रहन्छ । अहिलेको जनमतले पनि उनको त्यो भुमिकालाई सुचारु गर्ने खालको अभिमत दिएका छन् ।

माओवादी केन्द्रले १७ सिट प्रत्यक्ष तर्फ ल्याएको छ । तर, उनको भित्रि इच्छा अझै प्रधानमन्त्रीको धित मरेको छैन । उनलाई फेरि प्रधानमन्त्री हुने भूमिकामा बस्नको लागि तेस्रो दल भएकाले स्पष्ट बहुमत कसैको पनि नआएको हुनाले उनले आफू मुनिका साना दललाई प्रधानमन्त्री कार्ड फ्याकेर प्रधानमन्त्री बन्ने पनि संम्भावना छ ।

यसरी हेर्दा सबै पार्टीको यहाँसम्म आउनको लागि आफ्नै संघर्ष व्यथा र गथा छन् । पार्टी जन्मनुका आफ्नै कारण र मुहान छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी जन्म र जन्म भएको यति छोटो समयमा यस्तो ठूलो मतभार पाउनु नेपाली जनताले केही स्पष्ट सन्देश दिन खाजेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स