नेपाल एसबिआई बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स