१५ अंकले घट्यो नेप्से, १ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ६१ हजारको कित्ता सेयर १ अर्ब ४९ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको ७ करोड २४ लाख, शिवम् सिमेन्ट्सको ६ करोड १६ लाख, एभरेष्ट बैंकको ५ करोड ९८ लाख र साईन रेसुंगाको ५ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स